वस्तुलाइ वस्तु, व्यक्तिलाइ व्यक्ति, समाजलाई आदर्श समाज र राज्यलाई आदर्श र जनप्रिय बनाउने अभिन्न गुण नै धर्म हो । फेरि धर्मयुक्त व्यक्तिव्यक्तिबाट निर्मित राज्य कसरी धर्म विहीन हुन सक्छ ? सन् १८४६ मा जर्ज ज्याकोब होली ओकले राज्यको सञ्चालन र राज्यनीतिमा धर्मले प्रभाव पार्न नसकोस्, धर्म मान्ने र नमान्नेमा कुनै दबाब राज्यले सिर्जना नगरोस्, धर्म व्यक्तिगत स्वतन्त्रताको विषय होस् भन्ने अर्थमा सेकुलरिजमको अवधारणा ल्याएका हुन् । उनले इसाइ आदि केही कट्टर साम्प्रदायिक व्यक्तिहरूको राज्यमा ज्यादति देखेर सेकुलर अवधारणा ल्याएका हुन् ।
धर्म निरपेक्षताको अर्थ
धर्म विश्वको संविधान हो, व्यक्तिलाई कानुन मर्यादा नीति अनुशासन,त्याग र सेवाको उदात्त भावनामा बाँध्ने सूत्र धर्म हो भने सापेक्ष भनेको अपेक्षा भएको स्थान महत्त्व, आदर र आवश्यकता भएकोलाई बुझिन्छ । अतः धर्म सापेक्ष देश भनेको नीति, मर्यादा, कानुन र अनुशासनले ओतप्रोत देश हो भने धर्म निरपेक्ष देश भनेको धर्मको उपेक्षा गरिएको नीति, मर्यादा, कानुन र अनुशासनको अपेक्षा नभएको देश भन्ने बुझिन्छ, धर्म निरपेक्षको सीधा अर्थ पाप सापेक्ष भन्ने हुन्छ ।
धर्म नभएको कुनैपनि चिज नै हुँदैन । प्रत्येकको वैशिष्ट्य अर्थात् अरुबाट अलग चिनाउने विशेषता नै धर्म हो । वस्तुलाइ वस्तु, व्यक्तिलाइ व्यक्ति, समाजलाई आदर्श समाज र राज्यलाई आदर्श र जनप्रिय बनाउने अभिन्न गुण नै धर्म हो । फेरि धर्मयुक्त व्यक्तिव्यक्तिबाट निर्मित राज्य कसरी धर्म विहीन हुन सक्छ ? सन् १८४६ मा जर्ज ज्याकोब होली ओकले राज्यको सञ्चालन र राज्यनीतिमा धर्मले प्रभाव पार्न नसकोस्, धर्म मान्ने र नमान्नेमा कुनै दबाब राज्यले सिर्जना नगरोस्, धर्म व्यक्तिगत स्वतन्त्रताको विषय होस् भन्ने अर्थमा सेकुलरिजमको अवधारणा ल्याएका हुन् । उनले इसाइ आदि केही कट्टर साम्प्रदायिक व्यक्तिहरूको राज्यमा ज्यादति देखेर सेकुलर अवधारणा ल्याएका हुन् ।
उनले पूर्र्र्वीय दर्शन हिन्दु विज्ञानको उदार र सहिष्णु मर्मलाई चिनेका भए यस्तो व्याख्या गर्ने थिएनन् । जर्मनमा इसाईको दुराचार र अत्याचारबाट आजित भएर सन् १८४८ मा माक्र्सले पनि धर्मलाई अफिम भनेका थिए तर पूर्र्वीय हिन्दुत्वको गौरवगाथा माक्र्सका आदर्श सोपेनहावर, हेगेल लगायत विश्वका सबै महान् विभूतिहरूले पनि मुक्त कण्ठले गाएका छन् तर क्याथोलिक चर्चले पेंगन, ग्रीक, युनानी, मय, मिस्री, आर्यनजस्ता सयभन्दा अधिक सभ्यताहरूलाई नष्ट गरेको छ र सयौँ पुस्तकालयमा आगजनी समेत गरेको छ तर हिन्दुले ‘सर्वे भवन्तु सुखिनः’ भन्दै विश्वकै कल्याण र रक्षाको प्रार्थना गर्दछ ।
हिन्दुवैदिक संस्कृति
इसाइ सम्प्रदाय २००० वर्ष पुरानो हो भने इस्लाम १४५० वर्षको हो, तर हिन्दुधर्म २ अरब वर्ष पुरानो हो । नेपाली पात्रोमा ‘सृस्टितो गताब्दा’ भनेर आज पनि १ अरब ९५ करोड ५८ लाख ८५ हजार ११५ वर्ष लेखिएको हुन्छ । नेपाल विश्वधर्मको जन्मभूमि हो । विश्वको सबैभन्दा वैज्ञानिक धर्म र पुरातन धर्म हिन्दु धर्म शिवपार्वतीद्वारा विश्वलाई नेपालबाट नै प्राप्त भएको हो । हिन्दुधर्म बाट नै २५५० वर्षअघि बौद्ध संस्कृतिको जन्म भयो । बुद्ध हिन्दु थिए, उनले नयाँ धर्म भनेनन् बरु ‘एस धम्मो सनन्तनो’ भनी यो सनातन धर्म हो भनेर भने । नेपालमै किंरात संस्कृतिको पनि जन्म भयो । किंरात बौद्ध संस्कृतिभन्दा पनि पुरानो हो । जिससले पनि नेपालमै आएर धर्मको शिक्षा प्राप्त गरी जेरुसेलममा धर्म प्रचार गर्न गएको कुरा डा होल्जर क्रेस्चनको ‘द अननन लाइफ अफ जिसस’ नामक खोजबाट बुझ्न सकिन्छ । त्यसैले, हिन्दुधर्म नेपालमा जन्मे पनि सम्पूर्ण विश्वको धर्म हो । अरु संस्कृति त हिन्दुसिन्धुबाट निःसृत ससाना नदीहरू हुन् भन्ने बुझ्नुपर्छ ।
आखिर के हो धर्म ?
धर्म सत्य हो, सत्य नै शिव हो र शिव नै सुन्दर हुन्छ । धर्म त जहिले पनि एक हुन्छ । हो, संस्कृति अनेक हुन सक्छन, त्यसैले नेपाललाइ बहुसांस्कृतिक हिन्दुराष्ट्र भन्नु उचित हुन्छ । विश्व व्यापी मूल्य बोकेको धर्म वा भनौँ विश्व चलाउने धर्म एउटै हुन्छ । मानिस पशुभन्दा श्रेष्ठ भएकाले उसलाई गाँसबास मात्रले पुग्दैन । उसलाई धर्म पनि चाहिन्छ । धर्म छोडिदिँदा मनुष्य पनि पशु नै बन्दछ । धर्म जाति भन्दा पनि शक्तिशाली चिज हो । जातीय राष्ट्रको दिवास्वप्न देख्नेले धर्म सापेक्षताको कुरा किन बुझ्दैनन् ?
भारत किन धर्मनिरपेक्ष ?
भारत धर्मनिरपेक्ष हुनु नै भारतको अझ भनौँ महात्मा गान्धीको अक्षम्य र ऐतिहासिक भूल हो, जसले गर्दा सयौँ दङ्गा भए, लाखौँ मारिए । निरपेक्ष बनाएकै कारण आरयसयसले बिजेपी मार्फत नरेन्द्र मोदीलाई जन्माउनुपरेको हो । मोदी निरपेक्षताको गतिलो जवाफ हो । १९४७ मा भारतबाट टुक्रिएपछि पाकिस्तान इस्लामिक राष्ट्र हुँदा भारत पनि हिन्दुराष्ट्र हुनुपथ्र्याे तर गान्धीले दिएनन् । फलतः आफ्नैबाट मारिए । सार्क राष्ट्रहरूमा नेपालबाहेक भारत मात्रै स्पष्ट निरपेक्ष राष्ट्र हो, अरु सबै धर्म सापेक्ष छन् ।
गाईको महिमा
आमाको दूधमा पाइने सबै तत्त्वहरू केवल गाईको दुधमा मात्र पाइन्छ । गोमूत्रमा कक्र्युमिन नामक एन्टीक्यान्सर ड्रग पाइन्छ । हजारौँ वैज्ञानिक विशेषताले युक्त गाईले आमा समान दुग्धादिद्वारा हामी सबैको पालन पोषण अझ भनौँ पुरै अस्तित्व र पर्यावरणको रक्षा गर्छिन् । यस्ती आमासमान गाईलाई वध गर्ने कृतघ्नहरू कसरी सभ्य हुन सक्छन र ? के हजुर आफ्नी आमालाई मार्नेलाई सभ्य मान्न सक्नुहन्छ ? हो, सुविधा सम्पन्न हुन सक्छन् तर गाई मार्नेहरू महा असभ्य र कृतघ्न हुन् ।
१४५ राष्ट्र धर्म सापेक्ष
आज राप्रपा मात्र होइन, काङ्ग्रेस, एमाले र माओवादीका पनि कैयौँ नेताहरू हिन्दु राष्ट्रको पक्षमा छन् । प्रजातान्त्रिक देश नेपालमा अप्रजातान्त्रिक तरिकाले डलरको प्रभावमा परि ह्विप जारी गरी ताली बजाएर ल्याएको धर्म निरपेक्षतालाई प्रजातान्त्रिक जनमत सङ्ग्रहद्वारा सदाका लागि समाधान गर्नुपर्छ । हुन त सल्लो बढी पाइने सल्लाघारी, सिस्नो पाइने सिस्नोघारी, बाँस पाइने बाँसघारी भनेभैँ हिन्दुहरू धेरै बस्ने देश स्वतः हिन्दुराष्ट्र हो । यसलाई जनमत सङ्ग्रह पनि गर्नुपर्ने हैन । के मैले मेरो बाउ छ र उसलाई मान्न पाउनुपर्छ भनेर जनमत सङ्ग्रह गर्नुपर्छ ? यो त विश्वव्यापी सत्य, सिद्दान्त हो । आज विश्वका १४५ राष्ट्रहरू स्पष्टतः धर्मसापेक्ष छन् भने साढे दुइ अर्ब हिन्दुहरूको एकमात्र धरोहर र आस्थाको केन्द्र नेपाल किन हिन्दु राष्ट्र हुन सक्दैन ?
डार्बिनले ‘स्ट्रगल फर लाइफ र सर्बाइबल अफ द फिटेस्ट’ भनेझैँ हाम्रो देशका धर्म र मूल्यहरूमा सङ्कटको बादल मडारिएको देखेर मैले पनि अन्यायको विरोध गरेको हो नि ! के अन्याय सहने व्यक्ति विद्वान् या धार्मिक हुन सक्छ ? राजनीति त धर्मद्वारा नियन्त्रित हुनुपर्छ । राजनीति राम्रो कुरा थियो तर भ्रष्ट नेताहरूले राजनीतिको नाम पनि लिन नहुने बनाइदिए । के कसैले तपाईँको छातीमा आगो लगाइदियो भने हजुर चुप लागेर बस्नुहुन्छ ?
(ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्यकृष्णसित जीवन दर्शनका प्रतिनिधि हरिहर दवाडीले केही समय पहिले सत्सङ्गका क्रममा गर्नुभएको कुराकानीमा आधारित ।)

चैतन्यकृष्ण सुप्रसिद्ध युवा आध्यात्मिक व्यक्तित्व, भागवत् प्रवक्ता, चिन्तक एवम् प्रेरक व्यक्तित्व हुनुहुन्छ । ज्ञानविज्ञान प्रतिष्ठान, मालुङ्गा, स्याङ्जाका उहाँ संरक्षक समेत हुनुहुन्छ । अध्यात्म र विज्ञानको सन्तुलित र समन्वयकारी व्याख्या उहाँका विशेषता हुन् ।