मानिस जन्मँदा न निधारमा तिलक लगाएर आएको हुन्छ, न जनै लगाएर नै आएको हुन्छ । जसले सत्कार्य गर्दछ, ऊ ब्राह्मण हो, जसले कुकर्म गर्दछ, ऊ नीच हो ।
१. मानिस कुनै पनि वस्तुप्रति आसक्त हुनुहुँदैन । वस्तु विशेषको हानिले दुःख उत्पन्न हुन्छ । जसलाई न कसैसँग दुःख छ, न त घृणा छ, ऊ बन्धनमुक्त छ ।
२. कसैलाई पनि क्लेश नदेऊ, कसैसँग द्वेष नगर । के संसारमा मानिस त्यति धेरै निर्दोष छ, जसलाई कुनै पनि दोष दिन मिल्दैन ?
३. सबै खालका पापहरुबाट बच । आफ्ना विचारहरुलाई शुद्ध बनाऊ । यही बुद्धको शिक्षा हो ।
४. जाग्नेहरुको रात लामो हुन्छ, थाकेको मानिसलाई बाटो लामो हुन्छ, तर,धर्म नजान्ने मानिसको लागि भने जीवन नै लामो हुन्छ ।
५. यदि आफू भए नजिक आफूभन्दा वा आफू बराबरको साथी भेटिएन भने बरु एक्लै जीवनयात्रामा अघि बढ्नुपर्दछ, तर मूर्खहको सङ्गत गर्नुहुँदैन ।
६. जसमा सत्य छ, शील छ, करुणा छ, संयम छ र बुद्धि छ, त्यही वास्तविक बुद्ध हो ।
७. धेरै बोल्दैमा कोही पण्डित हुँदैन । जो क्षमाशील छ, जो घृणा र भयदेखि मुक्त छ, त्यही व्यक्ति पण्डित हो ।
८. उच्चस्तरीय जीवन होइन, उच्चस्तरीय आचरण नै सुखको मूल मन्त्र हो ।
९. प्रेमका लागि क्रोधको त्याग गर्नुपर्दछ ।
१०. यदि धर्ममय जीवन बिताउन चाहन्छौ भने मर्यादामय जीवन व्यतीत गर ।
११. दुःखको उत्पत्ति पापले हुन्छ ।
यदि आफू भए नजिक आफूभन्दा वा आफू बराबरको साथी भेटिएन भने बरु एक्लै जीवनयात्रामा अघि बढ्नुपर्दछ, तर मूर्खहको सङ्गत गर्नुहुँदैन ।
१२. शत्रुहरुका बीचमा अशत्रु भएर जीवनयापन गर्नु परम सुख हो ।
१३. जहाँ प्रेम छ, त्यहाँ जीवन छ, जहाँ घृणा छ, त्यहाँ विनाश छ ।
१४. खाली पेट कोही पनि बुद्धिमान् हुन सक्दैन ।
१५. तृष्णाबाट छुटकारा नै दुःखबाट पनि छुटकारा हो ।
१६. लोभले दुःख र भय पैदा हुन्छ । जो लोभदेखि मुक्त छ, उसलाई न भय हुन्छ, न दुःख नै ।
१७. मेरो विचारमा ती व्यक्ति विभिन्न मानिसहरुमध्ये ती श्रेष्ठ हुन्छन्, जसले आफ्नो पनि भलाइ गर्छन् र साथमा अर्काको पनि भलाइ गर्दछन् ।
१८. त्यस्तो कर्म गर्नु ठिक छ, जुन कर्म गर्दा पछुताउन पर्दैन र जसको फललाई प्रसन्नतापूर्वक भोग गर्न सकिन्छ ।
१९. मानिस जन्मँदा न निधारमा तिलक लगाएर आएको हुन्छ, न जनै लगाएर नै आएको हुन्छ । जसले सत्कार्य गर्दछ, ऊ ब्राह्मण हो, जसले कुकर्म गर्दछ, ऊ नीच हो ।
२०. चार आर्य सत्य छन् ः पहिलो, दुःख छ । दोस्रो दुःखको कारण छ । तेस्रो दुःखको निदान छ । चौथो त्यो बाटो, जसले दुःखको निदान हुन्छ ।
२१. जसले स्वयम्लाई वशमा राखेको छ, संसारको कुनै पनि शक्तिले उसको विजयलाई पराजयमा बदल्न सक्दैन ।
२२. मान्छेलाई तृष्णाका नदी अत्यन्त प्रिय र मनोहर लाग्दछन् । जसले यी नदीहरुका नुहाएर सुख खोज्दछन्, उनीहरु बारम्बार जन्ममरण र बुढेसकालको चक्करमा पर्नुपर्दछ ।
मेरो विचारमा ती व्यक्ति विभिन्न मानिसहरुमध्ये ती श्रेष्ठ हुन्छन्, जसले आफ्नो पनि भलाइ गर्छन् र साथमा अर्काको पनि भलाइ गर्दछन् ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।