यस्तो होइन कि जिन्दगी एकदमै छोटो छ । साँचो कुरा के हो भने हामी ढिलो बाँच्न सुरु गर्दछौँ ।
— यदि कसैलाई दुःखी देखेर तपाईँलाई पनि दुःख लाग्दछ भने सम्झनुस्, भगवान्ले तपाईँलाई मनुष्य बनाएर कुनै गल्ती गर्नुभएको छैन ।
— भगवान्सँग नडराउँदा पनि केही फरक पर्दैन,तर कर्मसँग डराउनुहोला किनकि गरिएको कर्मको फल त भगवान्ले पनि भोग्नुपर्दछ ।
— सधैँ प्रेमको भाषा बोल्नुहोस् किनभने यसलाई बहिराहरुले पनि सुन्न सक्छन् भने लाटाहरुले पनि बुझ्न सक्दछन् ।
— असल मानिसको शक्ति यो पनि हो कि उनीहरुलाई याद गर्नुपर्दैन, उनीहरु याद आउँछन् ।
— मूर्खसँग बहस गरेर कोही पनि बुद्धिमान् बन्न सक्दैन । मूर्खमाथि विजय प्राप्त गर्ने एक मात्र उपाय उसप्रति ध्यान नदिनु हो ।
— यस्तो होइन कि जिन्दगी एकदमै छोटो छ । साँचो कुरा के हो भने हामी ढिलो बाँच्न सुरु गर्दछौँ ।
— इनारमा पठाइएको बाल्टी पनि यदि झुक्यो भने मात्र भरिएर बाहिर आउँछ । जीवनको गणित पनि यही हो । दादागिरी त हामी मरेपछि पनि गर्न सक्दछौँ किनकि मरेपछि पनि मानिसहरु पैदल हिँडिरहेका हुन्छन्, हामी भने उनीहरुका काँधमा हुन्छौँ ।
— हातमा पैसा भयो भने तपाईँले संसार के हो भन्ने बिर्सनुहुन्छ, तर तपाईँको हातमा पैसा भएन भने संसारले तपाईँ को हो भन्ने बिर्सन्छ ।
— तपाईँ कुनै समयमा तपाईँ असल हुनुहुन्थ्यो भन्ने कुरा मानिसले छिटै बिर्सन्छन्, तर कुनै समयमा तपाईँ गलत हुनुहुन्थ्यो भन्ने कुरालाई मानिसले कहिल्यै बिर्सँदैनन् ।
— भगवान् भन्नुहुन्छ: एक पटक अरुका लागि मागेर हेर, त्यसपछि तिमीले आफ्नालागि कहिल्यै माग्नुपर्दैन ।
(साभार/आभार: फेसबुक)
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।