मानवता प्रवर्धनको लक्ष्य राखी मानवसेवा आश्रमले सेप्टेम्बर ६ तारिखबाट शुभारम्भ गरेको बेलायत यात्रा सार्थक बनेको छ ।
यस यात्राको क्रममा मातृत्व र मातृभूमिको सम्मानमा बेलायतको ५ स्थानमा आमा सेमिनार सम्पन्न भएका छन् । बेलायतवासी नेपाली मनहरूमा मातापिता, मातृभूमि, शिक्षा दिने गुरुजनको गरिमा र महत्त्व बोध गराउन सेमिनार सफल भएको छ ।

‘सुरुआतमा पेट मिचिमिचि हँसाउँदै अन्तमा सबैलाई भावुक बनाउनु कार्यक्रमको विशेषता नै बन्यो । आमा कार्यक्रममा सहभागी भएर भावुक नहुने र नरुने सहभागी बिरलै होलान् ।’—मानवसेवा आश्रम यूकेका च्याप्टर संयोजक सुनीलबाबु खड्का बताउनुहुन्छ । कार्यक्रमको सहजीकरण मानवसेवा आश्रमका प्रमुख संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारीले गर्नुभएको थियो । उहाँलाई संस्थाका महासचिव सुशीला केसी (रुपा) र सचिव सुमन बर्तौलाले सघाउनुभएको थियो ।महत्त्वपूर्ण लक्ष्य र अद्भुत प्रतिवद्धता लिएको मानवसेवा आश्रम सेवा र प्रेरणाको सङ्गम रहेको बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले बताउनुभयो ।

अल्डरसटमा आयोजना भएको आमा सेमिनारमा सहभागी भइसकेपछि राजदूत आचार्यले यस्तो बताउनुभएको हो । उक्त कार्यक्रममा २०० बढी बेलायतवासी नेपालीहरूको सहभागिता रहेको थियो ।

१ करोड बढी सहयोग सङ्कलन

२०८२ सालभित्र नेपालको सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा अति कष्टपूर्ण जीवन बिताउन विवश सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्य पूरा गर्न बेलायतबासी नेपाली मनहरूको साथ, सहयोग र सद्भाव जुटाउने योजनासहित आयोजना भएको कार्यक्रममा मानवसेवा आश्रमको सेवा सहजताका लागि एक थान एम्बुलेन्स सहित १ करोड बढी सहयोग सङ्कलन भएको छ । चितवन स्थाई घर भई क्रोनवाल युके निवासी हेमकान्त सेढाईं र सीता शर्माले एक थान एम्बुलेन्स सहयोगको घोषणा गर्नुभएको हो ।

जसमध्ये मानवसेवा आश्रमको नेपालको विभिन्न स्थानमा निर्माण भइरहेको भवनकोे एक कोठा निर्माण सहयोगका लागि ९ जना उदारमनाहरुले रु. ५,११,१११ का दरले सहयोग गर्नुभएको छ । यसरी ५,११,१११ सहयोग गर्नेहरूमा मानवताप्रेमी राजु आचार्य, उत्सव विष्ट, खिमलाल खरेल, चन्द्र अर्याल, राधा अर्याल, दीपक ढकाल, अमृत सेढाईं, खिम खत्री, विक्रम भट्टराई, पवित्रा भट्टराई, सुरेश केसी र दयानिधि सापकोटा रहनुभएको छ ।

यस्तै १४ जनाले रु १,११,१११ रुपैयाँ योगदान गरी मानवसेवा आश्रमको आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गर्नुभएको छ । यसरी १ लाख ११ हजार १ सय ११ योगदान गर्नेहरुमा समाजसेवी बच्चुकैलाश कैनी, उत्सव विष्ट, खिमलाल खरेल, रामकृष्ण अर्यालय, लभ गौतम, प्रकाश कंडेल, प्रकाश श्रेष्ठ, सूर्य हमाल, लाल शिव योगी, अप्सरा श्रेष्ठ, क्याट युके, रवीन्द्र शर्मा, प्रकाशचन्द्र भण्डारी, कोपिला खड्का भण्डारी, गोकुल खरेल र गोप्यदान हुनुहुन्छ ।

यस्तै, तुलसी फँुयाल, सागर भट्टराई, उत्वस विष्ट र खिमलाल खरेलले मानवसेवा आश्रमको संरक्षणमा रहेका एक बालबालिकाको पालनपोषण र शिक्षादीक्षाको लागि मासिक ८ हजार रुपैयाँ र राजु आचार्यले दुई आमाबुबाको पालनपोषणको लागि मासिक प्रतिव्यक्ति ५ हजार रुपैयाँ योगदान गर्ने गरी बेसहाराको अभिभावकत्व ग्रहण गर्नुभएको छ ।

मानवसेवा आश्रम सहयोगार्थ मासिक १० पाउन्ड योगदान अभियान अन्र्तगत ४० जनाले सदस्यता लिएका छन् । यो सङ्ख्या ३६५ जना पु¥याई कम्तिमा नेपालमा सञ्चालनमा रहेका एक सेवा केन्द्रको मासिक खर्च बेलायतबासी उदारमनाहरुबाट जुटाउने आश्रमका अभिभावक अमृत सेढाईंले बताउनुभयो । केही मानवताप्रेमी मनहरूले आफ्नो परिचय नखुलाई गोप्यदान समेत गर्नुभएको छ ।

 

मानवसेवा आश्रमको सहयोगका लागि युके च्याप्टर गठन

सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पलाई पूरा गर्न मानवसेवा आश्रम युके च्यापटर गठन भएको छ ।
मानवसेवा आश्रमले २०८२ सालभित्र खुला आकाशमुपनि नेपालको सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरूपमा अति कमजोर मानवहरूले मुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा गर्न आश्रमले मानवसेवा आश्रम युके च्याप्टर गठन गरेको हो ।

सेप्टेम्बर २४ तारिकमा अल्डरसटमा मातृत्व र मातृभूमिको सम्मानमा आयोजित आमा सेमिनारमा च्याप्टर घोषणा भएको थियोे । च्याप्टरका पदाधिकारीहरुलाई आमा सेमिनारका प्रमुख अतिथि समेत रहनुभएका बेलायतका लागि नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्यले मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो ।

आश्रमका अभिभावक बेलायत निवासी समाजसेवी सुनिलबाबु खड्काको संयोजकत्वमा गठन भएको च्याप्टरमा राजु आचार्य र विक्रम भट्टराई सहसंयोजक, यादव श्रेष्ठ सचिव र चन्द्र अर्याल कोषाध्यक्ष सहित ३१ सदस्य हुनुहुन्छ ।

समितिले मानवसेवा आश्रमले लिएको लक्ष्य पुरा गर्न बेलायतनिवासी मनकारी व्यक्तित्वहरुबाट सहयोग जुटाउने र मानवता प्रवद्र्धनका लागि मानवसेवा आश्रमले बेलायतमा गर्ने कार्यक्रमहरुको आयोजना र व्यवस्थापन गर्नेछ ।

विगत ५ बर्षदेखी आश्रमका अभिभावक सुनिल बाबु खड्काले व्यक्तिगत प्रयासमै यी कार्यक्रमहरु गर्दै आउनुभएको थियो । यस अघि २०१८ मा समेत एक चरणको कार्यक्रम आयोजना भइसकेको छ ।

२०८२ सालभित्रै नेपाललाई सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गरिसक्ने सङ्कल्पलाई पूरा गर्न थप सशक्त भई अभियानका कार्यक्रमहरू आयोजना गर्नुपर्ने भएको र यसबीचमा आयोजना भएका कार्यक्रमहरूबाट आश्रमलाई अत्यन्त माया गर्ने व्यक्तिहरू समेत जोडिनुभएकोले च्याप्टर गठन गरिएको मानवसेवा आश्रमका प्रमुख संस्थापक एवम् केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताउनुभयो ।
यस लगत्तै गोरखा समाज अस्ट्रेलियाको आयोजनामा फेबु्रअरी १३ देखि मार्च १३ सम्म अस्ट्रेलियामा आमा सेमीनार कार्यक्रम प्रस्तुत हुने छ ।