ध्यान कहिल्यै पनि अमूर्तको सहयोगमा सम्पन्न हुँदैन । ध्यान भनेको मनलाई संयममा राख्ने विधि हो र मन अमूर्त विषयमा एकै पटक अडिन पनि सक्दैन । त्यसैले, मूर्तिलाई देखाएर त्यसका माध्यमले मनलाई ईश्वरसम्म पु¥याउनका लागि व्यवस्था गरिएको मनोविज्ञानमा आधारित आध्यात्मिक विधिको नाम नै मूर्तिपूजा हो ।
मन नदेखिएका अमूर्त ईश्वरमा केन्द्रित हुन सक्दैन
ईश्वर हाम्रा विश्वास हुन् । उनी अमूर्त छन् । झट्टै र तुरुन्तै हामीले उनको दर्शन प्राप्त गर्न सक्दैनौँ । जबसम्म हामीले हाम्रो मनलाई ईश्वरमा केन्द्रित गर्न सक्दैनौँ, तबसम्म शान्ति पनि मिल्दैन । तर, मन नदेखिएका अमूर्त ईश्वरमा केन्द्रित हुन सक्दैन । मनोविज्ञानले पनि मन कहिल्यै पनि अमूर्तमा रोकिन सक्दैन भनेर भनेको छ । मनलाई व्यवस्थित गर्ने हो भने उसलाई कुनै पनि ठोस विषय र आकृतिका माध्यमले मात्रै गर्न सकिन्छ । अमूर्त, अविनाशी र अनन्त परमेश्वरको दर्शन गर्ने विशिष्ट यात्राका लागि मनलाई नियन्त्रण गर्ने प्रारम्भिक विधिको नाम नै मूर्तिपूजा हो । मूर्तिपूजा ‘मूर्तको सहयोगले नै अमूर्तको दर्शन गर्न सकिन्छ’ भन्ने दर्शनको पद्धति हो ।
संसारमा हरेक मान्छे मूर्तिपूजक
हामीले जति पनि मूर्ति, चित्र, रुप, तस्बिर, झन्डा आदि इत्यादि बनाएका हुन्छौँ, ती सबैले हाम्रो आस्था र विश्वासलाई प्रतिनिधित्व गरेका हुन्छन् । संसारमा त्यसैले हरेक मान्छे मूर्तिपूजक हुन्छ । ध्यान कहिल्यै पनि अमूर्तको सहयोगमा सम्पन्न हुँदैन । ध्यान भनेको मनलाई संयममा राख्ने विधि हो र मन अमूर्त विषयमा एकै पटक अडिन पनि सक्दैन । त्यसैले, मूर्तिलाई देखाएर त्यसका माध्यमले मनलाई ईश्वरसम्म पु¥याउनका लागि व्यवस्था गरिएको मनोविज्ञानमा आधारित आध्यात्मिक विधिको नाम नै मूर्तिपूजा हो ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।