‘आचरण भनेको ऐना हो, जहाँ प्रत्येक व्यक्तिले आफ्नो प्रतिविम्ब देख्दछ ।’—प्रेमचन्द

‘सुन्दर आचरण सुन्दर शरीरभन्दा राम्रो हुन्छ ।’—इमर्सन
‘आचरण भनेको ऐना हो, जहाँ प्रत्येक व्यक्तिले आफ्नो प्रतिविम्ब देख्दछ ।’—गेटे
‘मानिसले जब पशुतुल्य आचरण गर्दछ, त्यति नै बेला ऊ पशुहरुभन्दा पनि तल झर्दछ ।’—रविन्द्रनाथ ठाकुर
‘मानिससँग धेरै ज्ञान भएर पनि उसको आचरण त्यसअनुसारको छैन भने त्यो सारा ज्ञानले त्यस मानिसलाई विनाशोन्मुख हुनबाट बचाउन सक्दैन ।’—गौतम बुद्ध‘मानिसको जुन आचरण तिमीलाई मन पर्दैन, अरुप्रति पनि त्यस्तो आचरण कहिल्यै नगर ।’—कन्फ्युसियस

‘जसले ज्ञानलाई आचरणमा उतार्यो, उसले ईश्वरलाई स्थापित ग¥यो ।’—बिनोबा भावे
‘आचरण नष्ट गर्नु भनेको आफैँ नष्ट हुनु हो ।’—लियो टल्सटाय
‘तपाईँको आचरण ठिक हुनुपर्दछ र तपाईँ सही बाटोका पथप्रदर्शक बन्नुपर्दछ ।’—स्वेट मार्डेन
‘मानिसको आचरण सुख र दुःखको सिद्धान्तमाथि आधारित हुन्छ, मानिस सुखको इच्छा र दुःखबाट बच्ने उपाय गर्दछ ।’—थोमस हब्स
‘आचरण भनेको ऐना हो, जहाँ प्रत्येक व्यक्तिले आफ्नो प्रतिविम्ब देख्दछ ।’—प्रेमचन्द

‘मानिसको आचरणबाट उसको कुलको अनुमान गर्न सकिनछ, उसको भाषाबाट उसको देशको परिचय मिल्दछ भने उसद्वारा गरिएको आदरसम्मानबाट उसको हृदयको उदारताको अनुमान गर्न सकिन्छ ।’—कौटिल्य
‘मानिसको आचरणले नै ऊ कुलीन हो वा अकुलीन हो, शूरवीर हो वा कायर हो एवम् पवित्र हो वा अपवित्र भन्ने बताउँछ ।’—वाल्मीकि
‘जुन सबैका लागि हितकर हुन्छ, त्यसैलाई निरन्तर आचरण गर्नुपर्दछ किनकि त्यही नै स्वार्थसिद्धिको मूलमन्त्र हो ।’—महाभारत