हामीले व्यर्थका काममा सयौँ, हजारौँ रुपैयाँ खर्च गर्ने गर्दछौँ । होटलमा पसेर सामान्य खाजानास्ता खाँदा पनि सयौँ खर्च हुने गर्दछ तर भण्डारीका पुस्तक पढेर हामीले सस्तो मूल्यमा जीवनका लागि किन्नै नसकिने उच्च प्रेरणा र ऊर्जा प्राप्त प्राप्त गर्न सक्दछौँ ।
‘हाम्रो शरीर नै एउटा सानो संसार हो । स्वयम्लाई जित्नु नै एक प्रकारले संसार जित्नु हो । मनमा चाहे राम्रा विचार आऊन् वा नराम्रा, तिनलाई हेरेर केवल मुस्कुराइदिऊँ । तपाईँहाम्रो मुस्कानमा घृणा र दुर्वृत्तिलाई पनि पानीपानी बनाउने रसायन छ ।’— यी वाक्यांशहरू जीवनमूल्यवादी साहित्य लेखनमा पृथक् पहिचान बनाएका लेखक आचार्य लक्ष्मण भण्डारीको पुस्तक ‘संसार जित्ने सूत्र’ बाट साभार गरिएका हुन् ।
करिब डेढदशक अघिदेखि मानव मात्रलाई जीवनमूल्य, अध्यात्म विज्ञान र जीवनका गहन कर्तव्यप्रति प्रेरित गर्ने जीवनप्रति सकारात्मक चिन्तनप्रधान लेखन तथा वाचन क्षेत्रका प्रवीण युवा हस्ताक्षर हुन्, लक्ष्मण भण्डारी । नेपाली र अङ्ग्रेजी दुवै विषयमा स्नातकोत्तर उनले संस्कृत इतिहास पुराण विषयमा पनि आचार्य उपाधि हासिल गरेका छन् । नीति, धर्म, आदर्श र स्वस्थ जीवनदर्शनका लागि समर्पित भण्डारीको लोकप्रिय रेडियो कार्यक्रम जीवनगङ्गा नेपालका दर्जनौँ एफ एम रेडियोहरूमार्पmत दैनिक गुन्जने गरेको छ । ‘अनमोल दृष्टान्त’ ,‘सनातन जीवनदर्शन’ र ‘जीवनमूल्य’जस्ता महत्त्वपूर्ण कृतिहरू प्रकाशित छन् ।
‘संसार जित्ने सूत्र’ आचार्य लक्ष्मण भण्डारीको सार्थक जीवनयापनको लागि गहन दृष्तान्तहरू तथा अद्भूत प्रेरणादायी लेखहरूको सङ्ग्रह हो । विद्यार्थी पुस्तक भण्डार, भोटाहिटी, काठमाडौँद्वारा वितरित भण्डारीको ‘संसार जित्ने सूत्र’ आकर्षक श्यामवर्णको भित्रपट्टि उज्ज्यालो गोलाकारमा मानिस जागिरहेको कलेवरमा प्रस्तुत भएको छ भने ३० वटा अध्यायहरूमा मार्मिक एवम् जीवन प्रेरक निबन्धहरू समावेश गरिएका छन् ।
लेखकीयमा लेखक आचार्य लक्ष्मण भण्डारीले संसार जित्नको लागि अति जटिल महँगो युद्धको आवश्यकता पर्दैन, स्वयम्ले आफ्नो मनमाथि विजय हासिल गरेर भौतिक महत्त्वाकाङ्क्षाहरूका किल्लाहरूलाई भत्काउन सकेमा नै संसार जितेको प्रत्यक्ष अनुभूति हुने तथ्य उल्लेख गरेका छन् । भण्डारीको ‘विपरीत एकान्त’बाट सुरु भई ‘यसरी हुँदोरहेछ दया पनि अपराध’को अन्तिम शीर्षकसम्मको जम्मा तीसवटा निबन्धहरूको सङ्ग्रहमा प्रत्येक अध्यायमा सुन्दर र दुर्लभतम दृष्टान्तहरू एवम् तिनीहरूका दर्शनमाथि गरिएका वैज्ञानिक व्याख्यानहरू सरल र ग्रहणीय छन् । अनेकन् अप्ठ्यारा र तनावका कारण उत्पन्न निराशा र जटिलताका बीचमा पनि कसरी शान्ति र धैर्यताका साथ समस्याहरूको समाधान गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रही आम पाठकलाई प्रशस्त जीवनदायिनी प्रेरणा, परामर्श र ऊर्जा प्रदान गर्नु आचार्य भण्डारीको लेखकीय वैशिष्टय हो ।
फूलको आँखामा फूलै संसार को मर्मलाई उजागर गर्दै आचार्य भण्डारीले अभावमा बाँच्नेहरूलाई घृणाको बदलामा प्रेम र पे्ररक सहयोगको खाँचो रहेको औँल्याउँदै पे्रम, स्नेह, स्वपरिवर्तन, सहयोग, दया, सर्वस्वीकृति, परिश्रम र सरलतालाई नै संसार जित्ने सूत्रको आधार निरुपण गरेका छन् । केवल मुस्कान र सहिष्णुताको हतियारले नै सम्पूर्ण घृणा र दुर्वृित्तहरूमाथि विजय प्राप्त गर्न सकिने भण्डारीको विमर्श छ ।
संसार जित्ने यात्राका समस्त सहभागीहरूलाई समर्पित आचार्य भण्डारीको ‘संसार जित्ने सूत्र’को पहिलो अध्यायमा नै पाठकहरू आफ्नो मनको वास्तविकताप्रति गम्भीर भई जीवनको रुपान्तरण गर्न प्रेरित बन्छन् किनकि विपरीत एकान्तको मनोवैज्ञानिक र कटु सत्यलाई लेखकले मानवको अन्तर्मनभित्रै पसेर केलाउँदै सकारात्मक दिशातर्फ समाधानका उपाय समेत सुझाएका छन् । समूहमा जति भद्रभलादमी देखिए पनि अधिकांश मानिसहरू एकान्तमा भने भोग र रागको संसारमा नै चुर्लुम्म डुबुल्की मार्छन् र परिणाममा मात्र अशान्ति र पीडा भोग्न विवश हुन्छन् । तसर्थ, लेखक भण्डारीले आन्तरिक मान्छेलाई बाहिरी मान्छेभन्दा सभ्य र अनुशासित बन्न सदृष्टान्त विवेकपूर्ण मर्यादित एकान्त निर्माण गर्ने उपाय प्रदान गरेका छन् ।
‘स्वर्गलाई नर्क बनाउने धर्महरू’ शीर्षकमा भण्डारीेले विविध धर्महरूको साम्प्रदायिकताभन्दा भित्रको प्राकृतिक धार्मिकताको अवलम्बन गर्न प्रेरित गरेका छन् भने ‘गतिशील अध्यात्मवाद’ शीर्षकमा भण्डारीले धर्म र अध्यात्मको वैज्ञानिक एवम् व्यावहारिक बहस पेस गरेका छन् । भण्डारीका अनुसार अध्यात्मले कसैलाई पनि गाली गर्दैन । सच्चा अध्यात्मले न पैसालाई घृणा गर्छ, न धनसम्पत्तिलाई घृणा गर्छ, न परिवारलाई घृणा गर्छ, न त समाजलाई नै । अध्यात्म मात्र यस्तो दर्शन हो, जहाँ सबै सहभागी हुन सक्छन्, सबै सम्मानित हुन सक्छन् र सबै सन्तुष्ट हुन सक्छन् ।
नजिकको तीर्थ हेलाँ भनेझैँ आफ्नो घरभन्दा अर्काको घर राम्रो देख्ने, आफ्नो स्रीमतीभन्दा अर्काकी श्रीमती राम्री देख्ने, आफ्नो श्रीमान्भन्दा अर्काको श्रीमान् राम्रो देख्ने, स्वदेशभन्दा विदेश राम्रो ठान्ने आदि कमजोर मानसिकताको पर्दाफास गर्दै लेखक भण्डारीले आफ्नो शरीरलाई मन्दिरसमान, आफ्नो घरलाई स्वर्गसमान र आफ्नो देश र गाउँलाई दर्शनीय तीर्थस्थल बनाउन आत्मविश्वास प्रेम, स्नेह र समर्पणको पाठ पढाएका छन् । अनुकरण गर्नै परे पनि सकारात्मक पक्षको नै गरौँ भन्ने भावका साथ ‘साधुको नाटक गर्ने चोरको कथा’ ले एकपटक हरेक पाठकको आत्म परिवर्तन गराइदिन्छ ।
आफूभित्रको असीम सम्भावनालाई चिनेर पुरmषार्थ गर्नु नै वास्तविक लोडसेडिङ् हटाउने उपाय हो भन्ने आचार्य भण्डारीको जिकिर छ । सर्वस्वीकृित र लचकता नै जीवन जिउने सूत्र हुन् भन्दै नदीमाथि झारपातको विजय शीर्षकमा शिष्टताले नै विशिष्टता हासिल हुने सूत्र प्रतिपादन गरेका छन् । स्वयम् दर्शनको विज्ञानमा भण्डारीले अप्प दीपो भव को मर्मलाई सरल शब्दमा व्याख्या गरेका छन् । स्वनिरीक्षण र सत्कर्मद्वारा नै आत्मशान्ति मिल्ने तथ्यलाई भण्डारीले धर्मको मर्म ठानेका छन् ।
शक्ति सम्पत्ति र सफलताबाट नबिग्रने मानिस अत्यन्त थोरै हुन्छन् किनकि शक्ति र सफलताको आकर्षणमा मान्छेले मूल्य, आदर्श र अनुशासनको सीमारेखा उल्लङ्घन गर्ने सम्भावना बढी हुन्छ ।
सिकाउन बाँकी दाउपेच शीर्षकको मार्मिक लेखमा भण्डारीले घमण्ड र अहङ्कार हटाएर सरल र स्वाभाविक जिन्दगी जिउन सार्थक प्रेरणा दिएका छन् । महावीर र उनको नग्नताको रहस्य गहिरो आत्मबोध र सांसारिक अनासक्तिको परमप्राप्तिको अवस्था हो भन्ने सन्देश प्रस्तुत गर्दै भण्डारीले ‘वास्तविक सन्न्यास’ शीर्षकमा सत्यमा स्थित रहनु अर्थात् रागहरूबाट माथि उठेको अवस्था नै सन्न्यास हो, गेरmवस्त्र र कमण्डलु नै मात्र सन्न्यासीको खास लक्षण होइन भन्ने गहन आध्यात्मिक सन्देशबाट पाठकहरूलाई पे्ररित गरेका छन् । फूलको आँखामा फूलै संसार को मर्मलाई उजागर गर्दै आचार्य भण्डारीले अभावमा बाँच्नेहरूलाई घृणाको बदलामा प्रेम र पे्ररक सहयोगको खाँचो रहेको औँल्याउँदै पे्रम, स्नेह, स्वपरिवर्तन, सहयोग, दया, सर्वस्वीकृति, परिश्रम र सरलतालाई नै संसार जित्ने सूत्रको आधार निरुपण गरेका छन् । केवल मुस्कान र सहिष्णुताको हतियारले नै सम्पूर्ण घृणा र दुर्वृित्तहरूमाथि विजय प्राप्त गर्न सकिने भण्डारीको विमर्श छ ।
‘भाग्य ठूलो कि पुरुषार्थ ?’ भन्ने अनिर्णित सवालको चित्त बुझ्दो जवाफमा कर्म अर्थात् पुरुषार्थद्वारा नै भाग्यको निर्माण गर्न हुने तथ्य विश्लेषक भण्डारीले प्रस्तुत गरेका छन् । आसक्तिलाई त्यागेर संयमपूर्वक कर्तव्य निर्वाह गरेमा घरमै बसेर मुक्तिको बाटो निर्माण गर्न सकिने विश्वास व्यक्त गर्दै भण्डारीले ‘मृत्यु ः मान्छे बनाउने औषधी’ शीर्षकमा ‘मृत्यु हाम्रो शत्रु होइन, सत्य हो, मित्र हो, हितैषी हो । हाम्रो जीवन यति प्रितीकर यही मृत्युका कारणले भएको हो । यदी हामीसँग मृत्यु हुँदैनथ्यो भने त जीवन पनि हुँदैनथ्यो । जीवन यही मृत्युका कारण सुन्दर भएको हो, प्रिय र पवित्र भएको हो । यसैले मृत्यु हाम्रो जीवनको सौन्दर्य हो ।’ भन्ने नितान्त नवीन र सकारात्मक जीवनदर्शनको विज्ञानलाई सरल स्पष्ट तरिकारले बुझाएका छन् ।
गहन दृष्टान्त र व्याख्यानयुक्त सन्दर्भले पाठकलाई सस्तो मनोरञ्जनभन्दा आनन्दपूर्ण, सार्थक र सफल जीवन निर्माण गर्न प्रशस्त मार्गदर्शन गरेको छ ।
‘फलेको वृक्षको हाँगो ननुहेको कहाँ छ र ?’ भन्ने उक्तिलाई ‘अरुलाई मूल्य दिने विद्वान्’ शीर्षकमा प्रस्तुत दृष्टान्त र त्यसको व्याख्याले मनै छोइदिन्छ । जीवनको विष भनेको आलस्य हो भने विवेकपूर्ण श्रम नै संजीवनी समान हो भन्दै लेखक भण्डारीले जिजीविषा हुनेहरूलाई उपेक्षा र अस्वीकार होइन, समस्याहरुलाई प्रेम गर्दै सामना गर्न हिम्मत गरेमा नै सफल बन्न सकिने रोचक प्रसङ्ग पुस्तकमा उल्लेख गरेका छन् । सम्पूर्ण जगत् अस्तित्व अर्थात् ईश्वरको रुप भएकाले सार्वभौम ईश्वरलाई स्वीकार्नु नै आस्तिकता हो र आपूmलाई मात्र सर्वेसर्वा मान्दै अर्काको अस्तित्वलाई नकार्नु नै नास्तिकता हो भन्ने तथ्यलाई ‘आस्तिकता अन्तस्करणमा’ भन्ने शीर्षकमा सटिकरुपमा व्याख्या गरिएको छ ।
आचार्य लक्ष्मण भण्डारीले ‘संसार जित्ने सूत्र’ मा जति पढे पनि थकित नहुने र जीवनप्रति अझ जागरुक बनाउने अन्य ऊर्जादायी सन्दर्भहरुलाई पनि विभिन्न शीर्षकमा पुस्तकमा प्रस्तुत गरेका छन् । जन्मनु, बाँच्नु र मर्नुको सार्थकता, किरा र हिराको कथा, आँखाको ज्योति बढाउने उज्यालो, के ठिक के बेठिक ?, नकटाहरुको सम्प्रदाय, स्वयम्लाई महान् बनाउने अभ्यास, दुष्टतादेखि सावधान एवम् सम्पूर्ण तृप्तिको रहस्यजस्ता शीर्षकहरुमा गहन दृष्टान्त र व्याख्यानयुक्त सन्दर्भले पाठकलाई सस्तो मनोरञ्जनभन्दा आनन्दपूर्ण, सार्थक र सफल जीवन निर्माण गर्न प्रशस्त मार्गदर्शन गरेको छ ।
प्रत्येक पाठकलाई पुस्तकले सफल, आदर्श र चरित्रशील बन्न उच्च प्रेरणा प्रदान गर्नेछ भन्ने कुरामा कतै सन्देह देखिँदैन । हामीले व्यर्थका काममा सयौँ, हजारौँ रुपैयाँ खर्च गर्ने गर्दछौँ । होटलमा पसेर सामान्य खाजानास्ता खाँदा पनि सयौँ खर्च हुने गर्दछ तर भण्डारीका पुस्तक पढेर हामीले सस्तो मूल्यमा जीवनका लागि किन्नै नसकिने उच्च प्रेरणा र ऊर्जा प्राप्त प्राप्त गर्न सक्दछौँ ।
सस्तो मूल्यमा महँगो ज्ञान प्रदान गर्ने ‘संसार जित्ने सूत्र’ पुस्तकका लेखक आचार्य लक्ष्मण भण्डारीको लेखनयात्रा निरन्तर अघि बढोस् । धेरैधेरै शुभकामना !!

हरिहर दवाडी अध्यात्म चिन्तन, प्रवचन, अध्ययन र लेखन साधनामा निरन्तर सक्रिय साधक हुनुहुन्छ । सरकारी सेवामा समेत सेवारत दवाडी पूर्वीयमूल्य र जीवदर्शनमा विशेष रुचि राख्नुहुन्छ ।