गुरुकुलमा आधुनिक विषयको पढाइ नहुने र आधुनिक विद्यालयमा संस्कृतलगायत विषयको अध्यापन नहुने स्थितिमा सीताराम संस्कृत माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीले भने विज्ञान, गणित अङ्ग्रेजीसहित संस्कृतका विभिन्न विषयको समेत अध्ययन गर्ने अवसर पाउँछन् । आधुनिक र पुरातन विषयको अध्ययन एकै ठाउँमा हुने यो चितवन जिल्लाकै एक मात्र विद्यालय हो ।
आधुनिक र संस्कृत विषयको अध्ययन हुने चितवन जिल्लाकै एक मात्र विद्यालय
देवघाट चितवनस्थित सीताराम संस्कृत माध्यमिक विद्यालयकोे सहयोगार्थ मकर स्नान महोत्सव—२०८०को आयोजना गरिएको छ । आधुनिक र पुरातन विषयको अध्ययन एकै ठाउँमा हुने चितवन जिल्लाकै एक मात्र संस्कृत विद्यालय सीताराम संस्कृत माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर उकास्न पूर्वाधार निर्माण तथा शैक्षिक गतिविधि सञ्चालनका लागि आवश्यक रकम अभाव भएपछि विद्यालयले अर्थ सङ्कलनको उद्देश्यले मकर स्नान महोत्सवको आयोजना गरेको हो ।
२०३५ सालमा विकासप्रेमी सन्त डिल्लीराम ब्रह्मचारी बाबाको पहलकदमीमा सीताराम संस्कृत माविको स्थापना भएको हो । सुरुका दिनमा कक्षा ६ देखि १० सम्म अध्ययन हुने यस विद्यालयमा अहिले नर्सरी देखि कक्षा १२ सम्म अध्ययन अध्यापन हुने गरेको छ । सीताराम अन्य गुरुकुल र आधुनिक विद्यालयभन्दा भिन्न छ । गुरुकुलमा आधुनिक विषयको पढाइ नहुने र आधुनिक विद्यालयमा संस्कृतलगायत विषयको अध्यापन नहुने स्थितिमा सीताराम संस्कृत माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थीले भने विज्ञान, गणित अङ्ग्रेजीसहित संस्कृतका विभिन्न विषयको समेत अध्ययन गर्ने अवसर पाउँछन् ।
निःशुल्क छात्रावास, निःशुल्क अध्ययन
सीताराम संस्कृत माध्यमिक विद्यालयमा छात्रावासमा बसेर अध्ययन गर्ने अवसर समेत उपलब्ध छ भने सबै विषयको अध्ययन निःशुल्क
गर्न पाइन्छ । यति सुन्दर पाठ्यक्रम अध्ययन र अध्यापन हुने विद्यालय पनि अर्थ अभाव, उचित व्यवस्थापन तथा प्रचारप्रसारका अभावमा छायामा परेको छ । मकर स्नान महोत्सवका माध्यमले यस विद्यालयका लागि दीगो आर्थिक स्रोतको सङ्कलन, आम मानिसहरूमा यस विद्यालयमा पढाइ हुने पाठ्यक्रमको जानकारी तथा यसको प्रचारप्रसार होस् भन्ने उद्देश्य लिइएको छ ।
पुस २७ गतेदेखि माघ २ गतेसम्म आयोजना हुने महोत्सवमा सुप्रसिद्ध कथा वाचक ईश्वरकृष्ण शास्त्रीले प्रमुख वाचकत्वको भूमिका निर्वाह गर्नुहुने छ भने देवघाट तनहुँका पीठाधीश त्रय ज्ञानानन्द सरस्वती, आत्मानन्द गिरि र रमणानन्द गिरीले प्रमुख संरक्षकत्वको भूमिका निर्वाह गर्नुहुने छ । तीन वटै पीठाधीशको प्रवचन श्रवणको अवसर समेत महोत्सवमा उपलब्ध हुने छ ।
ईश्वरकृष्ण शास्त्री प्रमुख वाचक
यतिबेला मकर स्नान महोत्सवको तयारी तीव्र पारिएको छ । माघे सङ्क्रान्ति मेलाको अवसर पारेर यही पुस २७ गतेदेखि माघ २ गतेसम्म आयोजना हुने महोत्सवमा सुप्रसिद्ध कथा वाचक ईश्वरकृष्ण शास्त्रीले प्रमुख वाचकत्वको भूमिका निर्वाह गर्नुहुने छ भने देवघाट तनहुँका पीठाधीश त्रय ज्ञानानन्द सरस्वती, आत्मानन्द गिरि र रमणानन्द गिरीले प्रमुख संरक्षकत्वको भूमिका निर्वाह गर्नुहुने छ । तीन वटै पीठाधीशको प्रवचन श्रवणको अवसर समेत महोत्सवमा उपलब्ध हुने छ ।
मकरस्नान महोत्सव नजिकिँदै गर्दा यसको प्रचारप्रसार तीव्रतर गतिले अघि बढ्दै छ । महोत्सव कार्यक्रमका संयोजक तथा विद्यालय पूर्वप्रधानाध्यापक हरिप्रसाद आचार्यले सीताराम संस्कृत माध्यमिक विद्यालयको बृहत्तर हितका लागि आ—आफ्नो स्थानबाट सहयोग गर्न पूर्व-विद्यार्थी, पूर्वशिक्षक तथा पूर्वकर्मचारीसहित सबैमा आह्वान गर्नुभएको छ । त्यस्तै , सीताराम संस्कृत माध्यमिक विद्यालयको सर्वाङ्गीण हितका लागि आवश्यक जिम्मेवारी लिएर अर्थ सङ्कलनमा सहयोग पु¥याउन विद्यालयका प्रधानाध्यापक पोदराज पौडेलले सबैलाई अनुरोध गर्नुभएको छ ।
श्रीमद्भागत् अखण्ड पाठपारायण, कथावाचन र पितृउद्धारात्मक महायज्ञ
मकरस्नान महोत्सव नाम दिइएको अर्थ सङ्कलन कार्यक्रमलाई श्रीमद्भागत् अखण्ड पाठपारायण, कथावाचन र पितृउद्धारात्मक महायज्ञका रूपमा सञ्चालन गरिने आयोजकले बताएका छन् । कार्यक्रम नारायणी, कालीगण्डकी र सेतीगण्डकीको सङ्गमस्थान बेनीमा पाँच दिनसम्म चल्ने छ ।
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।