“सिक्ने क्रममा तपाईं सिकाउनुहुनेछ तर सिकाउने क्रममा भने तपाईंले सिक्नुहुने छ।”― फिल कोलिन्स

“मलाई भन्नुहोस् म बिर्सन्छु, मलाई सिकाउनुहोस् म सम्झिन सक्छु तर मलाई संलग्न गराउनुहोस् र म सिक्छु।”– बेन्जामिन फ्र्याङ्कलिन

“तपाईं जति धेरै पढ्नुहुन्छ, त्यति नै धेरै कुराहरू जान्नुहुने छ । तपाईं जति धेरै सिक्नुहुन्छ, त्यति नै धेरै ठाउँहरूमा पुग्नुहुने छ।”― डा. सुस

“यसरी बाँच्नुहोस् कि तपाईं भोलि नै मर्नेवाला हुनुहुन्छ, अनि यसरी सिक्नुहोस् कि तपाईं सधैँभरि बाँच्नेवाला हुनुहुन्छ।”― महात्मा गान्धी

“सिक्ने क्रममा तपाईं सिकाउनुहुनेछ तर सिकाउने क्रममा भने तपाईंले सिक्नुहुने छ।”― फिल कोलिन्स

“सिकाइले कहिल्यै पनि दिमागलाई थाक्न दिँदैन।”― लियोनार्दो दा भिन्ची

 “कुनै काम गर्नका लागि हामीले जे सिक्नुपर्छ, त्यो काम गरेरै सिक्छौँ।”― एरिस्टोटल

“नेतृत्व र सिकाइ एक–अर्काका लागि अपरिहार्य छन्।”― जोन एफ. केनेडी

“बुद्धिमानी पन उमेरबाट होइन, शिक्षा र सिकाइबाट प्राप्त हुन्छ।”― एन्टोन चेखोभ

“शारीरिक व्यायाम अनिवार्य हुँदा पनि शरीरलाई कुनै हानि पुर्याउँदैन ,तर जबरजस्ती हासिल गरिएको ज्ञानले भने दिमागमा कुनै स्थान बनाउन सक्दैन।”― प्लेटो

 “म सधैं त्यही काम गर्छु जुन म गर्न सक्दिनँ, ताकि म त्यो कसरी गर्ने भनेर सिक्न सकूँ।”― पाब्लो पिकासो

“यसरी बाँच्नुहोस् कि तपाईं भोलि नै मर्नेवाला हुनुहुन्छ, अनि यसरी सिक्नुहोस् कि तपाईं सधैँभरि बाँच्नेवाला हुनुहुन्छ।”― महात्मा गान्धी