‘कर्तव्य’बारे विश्वप्रसिद्ध चिन्तकका विचारहरू

‘जोे मानिस एउटा कर्तव्यदेखि टाढा भाग्दछ, उसले एउटा लाभ पनि गुमाउँदछ ।’ —थियोडर पार्कर

‘मानिसहरूको परम कर्तव्य आफ्नो अन्तस्करणप्रति इमान्दार हुनु हो ।’ —ह्यारोल्ड जे लास्की
‘कर्तव्यले आगो र पानीको परवाह गर्दैन ।’ —प्रेमचन्द
‘कर्तव्यप्रति निष्ठावान् रहेमा नै सबैभन्दा ठुलो फल प्राप्त हुन्छ ।’ —गौतम बुद्ध
‘आफ्नो कर्तव्य पुरा गर्न कहिल्यै पछि नपर । कर्तव्य पुरा गरेर मात्रै मानिसलाई पूर्णता प्राप्त हुन्छ ।’ —भगवद्गीता
‘कर्तव्य पुरा गर्ने मानिसलाई ईश्वरबाट उपयुक्त पुरस्कार प्राप्त हुन्छ ।’ —महावीर

‘मानिसहरूको परम कर्तव्य आफ्नो अन्तस्करणप्रति इमान्दार हुनु हो ।’ —ह्यारोल्ड जे लास्की
‘जीवनको एक क्षण पनि कर्तव्यले खाली छैन ।’ —सिसेरो
‘कर्तव्यको मार्ग धेरै नजिक छ, मानिसहरू त्यसको खोजीमा व्यर्थ टाढा जान्छन् ।’ —शिन्तो धर्म
‘जोे मानिस एउटा कर्तव्यदेखि टाढा भाग्दछ, उसले एउटा लाभ पनि गुमाउँदछ ।’ —थियोडर पार्कर
‘मानिस कर्तव्यले बाँधिएको छ । ऊ कर्तव्यमा लाग्नै पर्दछ, काम गर्नै पर्दछ र मिहिनेत गरेर सम्पत्ति कमाउनै पर्दछ ।’ —स्वेटमार्डेन

‘मानिसको सेवा गर्नु हाम्रो पहिलो कर्तव्य हो ।’ —बिनोबा भावे
‘ईश्वरले त्यस्तो व्यक्तिलाई कहिल्यै सहयोग गर्दैनन्, जसले कर्तव्य निर्वाह गर्दैन ।’ —सोफोक्लिज
‘कामको अधिकताले होइन, अनियमितताले मानिसलाई मार्दछ ।’—महात्मा गान्धी
‘जो कर्तव्यदेखि भाग्दछ, ऊ लाभबाट पनि वञ्चित हुन पुग्दछ ।’—थ्योडो पार्कर
‘त्यो कर्तव्यको पालन गर, जुन तिम्रो सबैभन्दा नजिक छ ।’—गेटे

‘मानिस कर्तव्यले बाँधिएको छ । ऊ कर्तव्यमा लाग्नै पर्दछ, काम गर्नै पर्दछ र मिहिनेत गरेर सम्पत्ति कमाउनै पर्दछ ।’ —स्वेटमार्डेन