— खलासीको काम गर्दागर्दै रजनीकान्त सुपरस्टार बने ।
– ड्राइबरको काम गर्दागर्दै एल्बिस प्रिस्ले विख्यात गायक बने ।
– कवाडीको काम गर्दागर्दै स्टिभ जब्स एप्पलका मालिक बने ।
– वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटबल खेलाडी बने ।
– सानैमा चोरी गर्दै हिँड्ने विकासानन्द धामिर्क गुरु बने ।
– साग बेच्दै हिँड्ने थोमस एडिसन वैज्ञानिक बने ।
– सात कक्षामा फेल भएका रामकृष्ण ढकाल चर्चित गायक बने ।
– भिख माग्ने चार्ली च्याप्लिन नामी हास्य कलाकार बने ।
– चिया बेच्ने मोदी भारतका प्रधानमन्त्री बने ।
– दुई सय रुपिया बोकेर निस्केका पुष्कर शाहले विश्व घुमे ।
– कलेज छोडेका बिल गेट्स विश्वकै धनी व्यक्ति बने ।
– कलेजकै औसत विद्यार्थी मार्क जुकरबर्ग फेसबुकका मालिक बने ।
– सात पटक एसएलसी फेल रविन्द्रनाथ टैगोर विश्वकवि बने ।
– लहैलहैमा गीत गाउँदा गाउँदै अमृत गुरुङ नामी गायक बने ।
– लम्बु भनेर होच्याइएका अमिताभ बच्चन महानायक बने ।
– मुम्बइ हेर्छु भनी ट्याक्सी चढेर आएका शाहरुख खान ‘किङ खान’ बने ।
– घरेलु नोकर म्याक्सिम गोर्की महान् लेखक बने ।
– पेट्रोल पम्पमा काम गर्ने धिरुभाइ अम्बानी भारतकै धनाढ्य बने ।
– खुट्टाले लेखेरै झमक घिमिरेले मदन पुरस्कार जितिन् ।
– अन्धा हुँदाहुँदै होमरले इलियड र ओडेसीजस्ता महाकाव्य लेखे ।
– कुँजा स्टिफन हकिङले ब्ल्याक होलको रहस्य खोले ।
– गरिबीले थिचिएका मोजर्ट संसारकै नामी सङ्गीतकार बने ।
– तिन पटक एसएलसी फेल हिरवंश आचार्य नामी कलाकार बने ।
– पुस्तक पसलमा काम गर्ने माइकल फाराडे वैज्ञानिक बने ।
– कलेज छोडेर हिँडेका लियो टल्सटाय विश्वप्रसिद्ध साहित्यकार बने ।
– स्कूलको मुख नदेखेका जोन डी रकेफेलर विश्वकै धनी बने ।
– झन्डै दुई सय डलर गोजीमा हालेर अमेरिका छिरेका ब्रुस ली मार्सल आर्टका गुरु बने ।
– थर्ड डिभिजनमा एसएलसी पास गरेका महात्मा गान्धी विश्वनेता बने ।
– तिन डलर बोकेर व्यापारमा छिरेका एड्रयु कारनेगी धनाढ्य बन्न सके ।
– हल्लिँदै हिँड्ने एडोल्फ हिट्लर जर्मनीका शासक बने ।
– दाउरेका छोरा अब्राहम लिङ्कन अमेरिकाका चर्चित राष्ट्रपति बने ।
– कुनैबेलाका सैनिक विन्स्टन चर्चिल बेलायतका प्रधानमन्त्री बने ।
– मन्दबुद्धि भएको भनिएका अल्बर्ट आइन्स्टाइन संसारकै जिनियस वैज्ञानिक बने ।
प्रयास गरे के म पनि केही गर्न नसकूँला र ?
स्रोतः फेसबुकबाट
जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।