हामी शिक्षालाई समाजको सेवा र यहाँका मूल्यहरूसित जोड्न चाहन्छौँ । शैक्षिक क्षेत्र अन्य क्षेत्रभन्दा विशिष्ट क्षेत्र भएका हुनाले समाज, सामाजिक व्यक्तित्व र आफ्नो समाजप्रतिको दायित्वलाई पनि हामीले सँगसँगै लैजानु उपयुक्त हुने सोचका आधारमा हामीले यो सम्मेलनको परिकल्पना गरेका हौँ । कक्षामा पढाइने सैद्धान्तिक ज्ञानलाई समाजसित पनि जोड्न र प्रतिभाको प्रस्फूरण पनि ध्यान दिनका लागि सम्मेलनको विशेष महत्त्व छ भन्ने हामीले ठानेका छौँ
![]()
धनगढी । चैतन्य पाठशाला, धनगढीले आयोजना गरेको ‘चैतन्य दोस्रो विद्यार्थी महोत्सव—२०८२’ भव्यताका साथ सम्पन्न भएको छ । गत पुस २२ गते प्रभातफेरी कार्यक्रमका साथ आरम्भ भएको सो सम्मेलनल धनगढीसहित सुदूर—पश्चिम क्षेत्रमै विशेष चर्चा प्राप्त गर्न सफल भएको छ ।
कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख नजिर मियाँले गर्नुभएको थियो भने समापन प्रसिद्ध साहित्यकार डा.नवराज लम्सालले गर्नुभएको छ ।
चैतन्य पाठशालाले आयोजना गरेको सो सम्मेलनमा विद्यार्थीका प्रतिभा प्रस्फुरण गर्ने कार्यक्रम मात्र नभई देशका विभिन्न क्षेत्रमा सक्रिय योगदान गर्ने विशिष्ट प्रतिभाहरूलाई सम्मान गर्ने महान् काम पनि सम्पन्न भएको छ ।
यस अवसरमा सो पाठशालाले आशिका ओली, यमराज जोशी, दीपेन्द्र जो्शी, मो्हन सिंह साउद, शिवहरि मुडवरी, मिलन चौधरी, डा. जस्मिन झा, स्वामी देवराज आचार्य र शिवप्रसाद सापकोटालगायत समाजको विभिन्न क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका व्यक्तिहरूलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा विज्ञान प्रदर्शनी, बालबालिकाको पाकपरिकार प्रदर्शन, खेलकुद, कविता तथा साहित्य, योगसाधना, संस्कार र अध्यात्मलगायत विभिन्न क्षेत्र र विषयका प्रतिभा तथा कार्यक्रमहरू सम्पन्न भएका छन् ।
चैतन्य पाठशालाले यो विद्यार्थी सम्मेलन मार्फत मूलतः बालबालिकाको प्रतिभा प्रकाशन, समाजमा स्थापित प्रतिभाहरुको सम्मान र समाजमा लब्धप्रतिष्ठ व्यक्तित्वप्रतिको विशेष श्रद्धा गर्ने आफ्नो सामाजिक दायित्वलाई महत्त्व दिन खोजेको देखिन्छ ।
‘हामी शिक्षालाई समाजको सेवा र यहाँका मूल्यहरूसित जोड्न चाहन्छौँ । शैक्षिक क्षेत्र अन्य क्षेत्रभन्दा विशिष्ट क्षेत्र भएका हुनाले समाज, सामाजिक व्यक्तित्व र आफ्नो समाजप्रतिको दायित्वलाई पनि हामीले सँगसँगै लैजानु उपयुक्त हुने सोचका आधारमा हामीले यो सम्मेलनको परिकल्पना गरेका हौँ । कक्षामा पढाइने सैद्धान्तिक ज्ञानलाई समाजसित पनि जोड्न र प्रतिभाको प्रस्फूरण पनि ध्यान दिनका लागि सम्मेलनको विशेष महत्त्व छ भन्ने हामीले ठानेका छौँ ।’—चैतन्य पाठशालाका परिकल्पनाकार एवम् अध्यक्ष गणेश जोशीले बताउनुभयो ।
कार्यक्रमको अन्तिम दिन चर्चित विद्यार्थी वक्ता प्रतिभाशाली वक्ता ओजस्वी आचार्यले समेत आफ्नो ओजस्वी मन्त्व्य व्यक्ति गरेको थिईन ।
पहिलो चैतन्य विद्यार्थी महोत्सव सो पाठशालाले गत वर्षदेखि आरम्भ भएको हो । चैतन्य पाठशाला धनगढी उपमहानगर पालिकाको शिवनगरमा अवस्थित रहेको छ ।

जीवनदर्शन मनुष्य समाज र मानवीय जीवनपद्धतिका उज्याला आयामहरूलाई उद्घाटित गर्ने पवित्र उद्देश्यसहित सञ्चालित अनलाइन तथा मासिक पत्रिका हो । यसमा प्रकाशित हुने सबै प्रकारका सामग्री केवल कल्याण, कर्तव्य, अध्यात्म, आशा र उत्प्रेरणामा आधारित हुने गर्दछन् । यहाँ प्रकाशित हुने लेखरचनाले व्यक्तिभित्रको काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यलाई घटाउँदै प्रेम, करुणा, विनय, स्वास्थ्य, सेवा र स्वाध्ययनलाई बढाउने प्रयास गर्ने छन् । हत्या, हिंसा, मारकाट, झैझगडा, छिनाझपटी, लुटपाटका दुःखदायी समाचारहरूबाट आशा, भरोशा, प्रेम, स्नेह, आनन्द, शान्तिजस्ता सकारात्मक समाचार र विचारतर्फ अभिप्रेरित हुन आम नेपालीलाई सहयोग पुगोस् भन्नु नै जीवनदर्शनको खास अभीष्ट हो ।







