रिस यमराज हो । स्नेह गर्नेको रिस छोटो हुन्छ ।’ —कौटिल्य
‘कमजोर व्यक्ति चाँडै रिसाउँछ ।’ —महात्मा गान्धी
‘रिसाउनु भनेको अरुको दोषको बदला आपैmँसँग लिनु हो ।’ —पोप
‘रिस आगो हो । हेर एउटा सानो झिल्कोले पनि कति भयङ्कर आगलागी हुन्छ ?’ —जेम्स
‘शान्त रहने गर । तिमीले सबैलाई आफ्नो वशमा गर्न सक्छौ ।’ —सेन्ट जस्ट
‘रिस एउटा खर्चालु विलास हो, जुन धेरै ठुलो आम्दानी भएका मानिसले मात्रै सोख गर्न सक्छन् ।’ —जी.डब्ल्यु कर्टिस
‘रिसले आपूmलाई नजितोस्, रिसलाई आपूmले जित्नुपर्छ ।’ —स्वेटमार्डेन
‘रिस भनेको बारुलाको गोलामा फ्याँकिने ढुङ्गा हो ।’ —मलयाउखान
‘जुन मानिसले आफ्नो क्रोधलाई आफ्नै सिरमा खन्याउँछ, त्यो व्यक्ति अरूको क्रोधबाट बच्न सक्दछ र आफ्नो जीवनलाई सुखी बनाउन सक्छ ।’ —सुकरात
‘क्रोधको मुख्य औषधि ढिलाइ हो ।’ —सेनेका
‘रिस उठेको बेलामा यो पनि सोच्नु कि यसबाट कस्तो परिणाम निस्कन्छ ।’ —कन्फ्युसियस
‘जसको रिसाउने बानी हुन्छ, ऊ न साधु हुन्छ, न विद्वान् हुन्छ, न बुद्धिमान् नै देखिन्छ ।’ —विदुरनीति
‘रिस एक प्रकारको क्षणिक पागलपन हो ।’ —महात्मागान्धी
‘मनुष्यले रिसलाई प्रेमले, पापलाई सदाचारले, लोभलाई दानले र झुठलाई सत्यले जित्न सक्दछ ।’ —गौतम बुद्ध



















